☰ open Loading... 21 May 2025|  

दैलेखमा घन्कियो नारा : ‘आजलाई हैन भोलिलाई, मेरो साथ ओलीलाई’
  | २६ पुष २०७७, आईतवार १६:४८

 

दैलेख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दैलेखले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दैलेख सदरमुकाममा प्रदर्शन भएको छ। दैलेख सदरमुकाममा देवकाेटाचोकबाट सुरु गरिएको र्‍याली बजार परिक्रमा गर्दै टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो।

र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अाेलि पक्षका कार्यकर्ताले ‘आज होइन भोलिलाई, मेरो साथ ओलीलाई’, ‘केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए। उनीहरुले प्रचण्ड र माधव नेपाल समूहका कारण नेकपामा फुट आएको आरोप लगाएका छन्।
प्रदर्शन र्‍यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि पक्षका नेताहरु– यामलाल कँडेल ,रवीन्द्रराज शर्मा ,धर्मराज रेग्मी , ओली समूहका दैलेख इन्चार्ज लक्ष्मी पोखरेल लगायतका नेताहरू सहभागी थिए।