☰ open Loading... 26 April 2024|  

खैरो हिरोइनसहित दुईजना पक्राउ
  | २६ पुष २०७७, आईतवार २१:२६

दैलेख । दैलेख प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित आइतबार साँझ दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१०, कालीकानगरका २७ वर्षीया सिर्जना गुरुङ र सोही जिल्ला बैजनाथ गाउँपालिका-१, गाभरका २१ वर्षीय विशाल रोकाय रहेको जिल्ला प्रहरी कार्यालय दैलेख जानकारी दिएको छ।

गुराँस गाउँपालिका-२, तल्लोडुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिकै सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा खानतलासी गर्दा खैरो हिरोइन र ३४ हजार रुपैयाँ फेला परेको दैलेख प्रहरीले जनाएको छ । सिर्जनाले खुट्टाको मोजामा लुकाइराखेको ४० पुडिया बनाइ धागोले बेरिराखेको अवस्थामा लागूऔषध खैरो हिरोइन जस्तो धुलो पदार्थ र विशाल रोकायाको साथबाट नगद ३४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागूऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमति लिई थप अनसुन्धान भइरहेको छ ।