☰ open Loading... 14 September 2025|  

सडकमा अलपत्र परेका ९ जनाको उद्दार
  | २७ पुष २०७७, सोमबार १०:४६

सल्यान – सडकमा जीवन बिताइरहेका ९ जनाको उद्दार गरिएको छ। मानव मुक्त बनाउने उद्देश्यले सडकमा अलपत्र परेकाहरूको उद्दार गरिएको हो।

सदरमुकाम खलंगा, श्रीनगर, छत्रेश्‍वरी लगायतका विभिन्न ठाउँमा सडकमा अलपत्र परेकाहरूलाई निल सागर असहाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्ज पठाइएको रेस नेपाल सल्यानकी कार्यक्रम संयोजक मीना बुढाथोकीले बताइन्‌। खुला आकाशमुनि हिउँदको कठ्याङ्ग्रिने चिसो खेपिरहेका मानिसहरूको पीडाबोध गरी ९ जनालाई नेपालगञ्ज पठाइएको उनको भनाई छ।