☰ open Loading... 16 November 2024|  

बाढी पीडितलाई घर
  | २८ पुष २०७७, मंगलवार १७:३०

सुर्खेत — सुर्खेतका ५ सय ९१ बाढीपीडितले नयाँ घर पाएका छन् । कर्णाली प्रदेश सरकारले आवास निर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ दिएसँगै ७ स्थानीय तहका बाढीपीडितका लागि पक्की घर बनाइएको हो ।

२०७५ चैत २७ को बैठकको निर्णयबमोजिम प्रदेश सरकारले बाढीपीडितलाई ३ किस्तामा आवास निर्माणका लागि स्थानीय तहमार्फत रकम वितरण गरेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार वीरेन्द्रनगरमा २ सय ५४, लेकबेंसीका १२, बराहतालमा ४६, भेरीगंगाका १ सय ६०, गुर्भाकोटमा ३२, पञ्चपुरीका ८४ र चौकुनेमा ३ परिवारले नयाँ आवास पाएका हुन् ।