☰ open Loading... 4 November 2025|  

सुन्तला खेति बाट वार्षिक ५ लाख भन्दा बढी आम्दानी
  | ३ माघ २०७७, शनिबार ११:१०

सल्यान- सल्यानको बागचौर नगरपालिका(८ र ९ का किसानले वार्षिक पाँच करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन्।विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरू बगानमा आउन हिच्किचाएको बागचौर नगरपालिका(९ का किसान अंगेश्वर डाँगीले बताए। विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका डाँगीले कोटमौलामा मात्र वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको बताए।

कोटमौलाका पाँच सय किसानहरूले सुन्तला खेती गरिरहेका छन्‌। सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताए।