☰ open Loading... 3 May 2024|  

पछिल्लो २४ घण्टा यता थप २४० जनामा कोरोना संक्रमण
  | ३ माघ २०७७, शनिबार १८:२१

काठमाडौं, ३ माघ ।पछिल्लो २४ घण्टा यता २४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४७७ संक्रमित निको भएका छन् ।हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५८ छ । पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९५४ पुगेको छ ।