☰ open Loading... 9 July 2025|  

लडेर गम्भीर घाइते भएका शाहीको उपचारको क्रममा मृत्यु
  | ५ माघ २०७७, सोमबार ०६:४४

दैलेख । ठाँटीकाध गाउँपालिका–३ बिसल्लाका कपेन्द्र शाहीले भाउजुलाई कुटपिट गरि भाग्ने क्रममा लडेर गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार राती कपेन्द्रले आफ्नै ४० वर्षीया भाउजुु पदमा कुमारी शाहीलाई फलामको रडले प्रहार गरि दाँया गालामा र गर्दनमा चोट लागेको थियो ।

लडेर घाइते भएका शाहीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । देवर कपेन्द्रको कुटपिटबाट घाइते भएकी भाउजु पदमाकुमारीको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।