☰ open Loading... 9 July 2025|  

श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ
  | ४ माघ २०७७, आईतवार १९:११

पाल्पा । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाल्पामा एक व्यक्ति पक्राउ परेका छन् ।५७ वर्षीया श्रीमती रमा कुमारी दराईको हत्या गरेको अभियोगमा रामपुर नगरपालिका(५ बेजाड का बुद्धि दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।बुद्धिले शनिबार साँझ कुटोले प्रहार गर्दा रमा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।