☰ open Loading... 25 November 2024|  

कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै
  | १२ माघ २०७७, सोमबार २१:५४

सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु हुने भएको छ ।

कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना हुन लागेको हो ।

पाँच दिनसम्म चल्ने बुट क्याम्पमा २३ जना विभिन्न क्षेत्रकका व्यवसायीक रुचि भएका यूवाहरुको सहभागीता रहने कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डनेशन आउटरिच गौरब देबकोटाले जानकारी दिए ।

नयाँ उधमी उत्पादन गर्ने र भइरहेका उधमीलाइ थप सफलतातर्फ उन्मुख बनाउने उद्देश कार्यक्रम आयोजना गर्ने लागिएको देबकोटाले बताए । तालिमपश्चात पाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमैत्री वातावरण तयार गर्न सहयोग गर्ने संस्थाका निर्देशक आशुतोष तिवारीले जानकारी दिए ।