☰ open Loading... 26 April 2024|  

पटक पाँच दिने बिजनेश इन्कुवेसन शुरु
  | १२ माघ २०७७, सोमबार २२:३९

सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमवार आयोजित बिजनेश इन्कुवेसनको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका छन् ।

बिजनेश इन्कुवेसनको उद्घाटन गर्दै मन्त्री बुढाले यूवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउँने तिर प्रदेश सरकार केन्द्रित भएको बताए । उक्त इन्कुवेसनले कर्णालीका यूवाहरुलाई व्यवसायी क्षेत्रमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

‘प्रदेश सरकारले ठूला भन्दा साना व्यवसायलाई प्राथामिक्ता दिएर काम गरिरहेको छ,’ मन्त्री बुढाले भने, ‘हामी यूवारुलाई होमस्टे, टुरिजम, लघुउद्यम लगाएतका विषयमा केन्द्रित गरेर उनिहरुको व्यवसायीक क्षमता बढाउन चाहान्छौं ।’

उनले थपे, ‘कर्णालीमा पहिलो पटक शुरु भएको उक्त इन्कुवेसनबाट यूवाहरुले व्यवसायीक सिप आर्जन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु, तपाईहरुका लागी प्रदेश सरकार कुनैपनि सहयोग गर्न तयार छ ।

पाँच दिनसम्म चल्ने बुट क्याम्पमा २३ जना विभिन्न क्षेत्रकका व्यवसायीक रुचि भएका यूवाहरुको सहभागीता रहेको कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डनेशन आउटरिच गौरब देबकोटाले जानकारी दिए ।

त्यस्तै कार्यक्रम्मा बोल्दै संस्थाका निर्देशक आशुतोष तिवारीले तालिमपश्चात पाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमैत्री वातावरण तयार गर्न सहयोग गर्ने जानकारी दिए ।

नयाँ उधमी उत्पादन गर्ने र भइरहेका उधमीलाइ थप सफलतातर्फ उन्मुख बनाइने निर्देशक तिवारीको भनाई ।

कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना गरिएको हो ।