☰ open Loading... 27 April 2024|  

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरीसग घम्साघम्सी 
  | २२ माघ २०७७, बिहीबार ०७:४५

सुर्खेत -आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ ।

गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।

हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ । सडकमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भएको हो ।

बिहानै केही स्थानमा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले धरपकड गरेको नेकपा प्रचण्ड-माधव समूहले जनाएको छ । पार्टी केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोट दीपशिखाले सामाखुसीबाट बिहान ६ बजे अगावै युवा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।