☰ open Loading... 2 May 2024|  

दैलेखमा बजाजको सोरुम र मर्मत केन्द्र उद्घाटन
  | ४ फाल्गुन २०७७, मंगलवार १९:४७

यामराज बिष्ट
दैलेख, फागुन ४– दैलेखमा बजाज सोरुम र मर्मत केन्द्रको स्थापना भएको छ । पशु सेवा कार्यालय नजिक उक्त सोरुमको उद्घाटन भएको हो ।दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले उद्घाटन गरेका हुन् । पृथ्वी इन्टरप्राइजेज एण्ड अर्डर सप्लायर्स मार्फत बजाज मोटरसाईकल, टेम्पो विक्रि तथा मर्मत केन्द्र खोलिएको हो । उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग संघका महासचिव तथा बजाजको कर्णालीका आधिकारिक विक्रेता असिम अटो पार्टस्का संञ्चालक लक्षमण कँडेलले मोटरसाईकल तथा अटो सुर्खेतकै मुल्यमा दैलेखमा सम्पूर्ण सेवा स्थानीय स्तरमै पाउने बताए ।

जिल्लामै सोरुम सञ्चालनपनि जिल्ला बाहिर जानु नपर्ने नयाँ मोटरसाईकल किन्न र मर्मत गर्न जिल्लाभित्र हुने हुँदा गाह्रकलाई सहज हुने संञ्चालक गौरी केसीले बताईन् । जिल्लाबाटै नयाँ मोटरसाईकल विक्रि हुनु गौरवको कुरा भएको र गाह्रकहरुका लागि खुसीको कुरा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग बाणिज्य संभका अध्यक्ष कुलबहादुर विकले बताए । कार्यक्रममा नारायण नगरपालिका वडा नम्वर ८ का अध्यक्ष दलबहादुर केसी, जेसीसका अध्यक्ष धुव्र थापा लगायतले शुभकामना दिएका थिए ।,