☰ open Loading... 20 April 2024|  

गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण
  | ६ फाल्गुन २०७७, बिहीबार १९:४९

गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । गोर्खा टोवाद्वारा उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।

वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्याकसमेत छैन । जसले पनि सहजै अनुमान गर्न सकिन्छ, ‘उक्त कम्पनीले बजारमा ल्याएको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको छ ।’ सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याक लगाएको छ ।

दुर्गम पहाडी जिल्लाका उपभोक्तालाई लक्षित गरी उक्त सूर्ति उत्पादन भइरहेको स्रोतले जनाएको छ । ‘दुर्गमका मान्छेले केही नहेरेर प्रयोग गर्छन,’ स्रोतले भन्यो, ‘दुर्गममा पठाएर उक्त कम्पनीले करोडौं राजश्व छलि गर्दै आएको छ ।’ करिब आठ वर्षदेखि यस कम्पनीले सूर्तिजन्य पदार्थ उत्पादन गर्दै आएको छ । कर छलि गरेर करोडौं कालो पैसा कमाउने गरेको स्रोतको दाबी छ । कोभिड-१९ (कोरोना भाइरस) न्यूनीकरण गर्न नेपाल सरकार, स्थानीय प्रशासनले लगाएको बन्दाबन्दी (लकडाउन) को समयमा केही बोरा सूर्ति बजारमा पुर्यारएको कम्पनीको एक स्रोतले स्वीकार गरेको छ । ‘लकडाउनमा माल त पुर्यायउनु पर्योस,’ कम्पनी स्रोतले नाम नराख्ने सर्तमा भन्यो, ‘त्यतिबेला १०/२० बोरा सूर्ति बजारमा पठाएका थियौं ।’ राजश्व छलेर बजारमा आएपछि उक्त कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो । अहिले सोही विषयमा तारेख बोकी रहेको कम्पनी स्रोतले जनाएको छ । ‘अरु कम्पनीले पनि त्यसरी नै सामान बजारसम्म पुर्यााउँछन्,’ स्रोतले भन्यो, ‘नदीमा नपसेर नदीको गहिराइ थाहा हुँदैन ।’

कम्पनी स्रोतले पछिल्लो समय राजश्व तिरेको बताए पनि बजारमा उपलब्ध सामानमा ट्याक देखिँदैनन् । ‘कम्पनीले राजश्व छल्ने नियत प्रष्ट छ,’ एक स्थानीयले भने, ‘राजश्व छल्ने कम्पनीलाई सरकारले कानुनी दायरामा ल्याउनै पर्छ ।’