| १० फाल्गुन २०७७, सोमबार १८:०४
डडेल्धुरा -बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए।