☰ open Loading... 19 April 2024|  

दैलेखमा ३हजार भन्दा बढिले लगाए कोरोनाविरुद्धको खोप
  | १४ फाल्गुन २०७७, शुक्रबार १२:४७

दैलेख ।दैलेखमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप झण्डै ३हजार १सय ६४जनाले लगाएका छन् । पहिलो चरणको खोप अभियान अन्तरगत जिल्ला भर१हजार ४सय६३जना र दोस्रो चरणमा १हजार ७सय १ जनाले खोप लगाएको स्वास्थ सेवा कार्यालय दैलेखका  खाेपअधिकृत थिर प्रसाद रेग्मीले पश्चिम नेपाललाई जानकारी दिए।

पहिलो चरणमा स्वास्थ्यकर्मी , प्रथामिकता परेको व्यक्तिलाई लगाएको र दोस्रो चरणमा जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार,सुरक्षाकर्मी , स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाएको खाेप अधिकृत रेग्मीले बताए।