☰ open Loading... 26 April 2024|  

हुम्लाका किसान बेमौसमी तरकारीमा आकर्षित
  | १४ फाल्गुन २०७७, शुक्रबार ११:३३

हुम्ला -हिमाली जिल्ला हुम्लाका अधिकांस कृषकहरुको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा वेमौसमि तरकारी उत्पानका लागि अधिकांस कृषकहरु तरकारी उत्पान गर्न तर्फ आक्रसित भएका छन् । हिउँदको समयमा वेमौसमि खेती गरेर तरकारी उत्पादन गरि विक्रि गर्दै आम्दानीको मुख्य स्रोत भनेको तरकारी बनेको छ ।

सिमकोट, खार्पुनाथ, सर्केगाड, नाम्खा, चंखेलि, अदानचुली र ताँजाकोट गाउँपालिकाका कृषकहरु वेमौसमि तरकारीबाट घर खर्च गर्न समेत सहज भएको बताउने गरेका छन् ।

यो समयमा सिमकोट गाउँपालिका वार्ड नम्वर ४ हेल्दुङ गाउँका ३० घरदुरी वेमौसमि तरकारीबाट मनग्य आम्दानी गर्न सफल भएको स्थानीय कृषक गगन शाहीले बताए ।

हिउँदको समयमा वेमौसमि तरकारी बोकेर सदरमुकाम सिमकोट पुराउँदा एक मुठा सागको ३० रुपैयाँ र धनियाँको २० रुपैयाँमा विक्रि गर्ने गरेको स्थानीय कृषक शाहीले बताए ।