☰ open Loading... 9 October 2024|  

सल्यानको कालिमाटीमा पहिलोपटक विद्युत
  | १५ फाल्गुन २०७७, शनिबार ०६:०२

सल्यान – सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती बलेको छ । उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा विजुली बाल्न सफल भएको हो । गाउँपालिकाको केन्द्र वडा नम्बर ३ स्थित रामपुरमा आज गाउँपालिका अध्यक्ष दान बहादुर केसीले विद्युतको उद्घाटन गरेका हुन ।

एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत बजेट अन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरख बहादुर थापाले जानकारी दिए । दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरिमा लाभाम्वित हुने छन । यस अघि वडा न १ को लक्ष्मिपुरमा करिव ५ सय सय घरधुरिमा र वडा न ३ को लामिडांडाको ४० बढी घरधुरिमा विजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए ।केही सातामै ४ करोड ५२ लाख को लागतमा बांकी रहेका वडाहरुमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ ।