☰ open Loading... 3 May 2024|  

कर्णालीमा २६ हजार ९ सय ९० जनाले लगाए खोप
  | १५ फाल्गुन २०७७, शनिबार ०५:३१

यामराज बिष्ट-दैलेख – कर्णाली प्रदेशमा २६ हजार ९ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसअनुसार सुर्खेतमा सात हजार चार सय ७५ जना, जाजरकोटमा दुई हजार १४ जना, सल्यानमा दुई हजार पाँच सय ४१ जना र रुकुम पश्चिमका दुई हजार ६ सय ११ जना, जुम्लाका दुई हजार तीन सय ८४ जना, कालिकोटका दुई हजार पाँचसय ६३ जना, हुम्लाका एक हजार ६ सय ५८ जना, मुगुका एक हजार चार सय ७८ जना, डोल्पाका एक हजार ८२ जना र दैलेखमा ३ हजार १ सय ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।



पहिलो चरणको खोप अभियान अन्तरगत दैलेखभर १ हजार ४ सय ६३ जना र दोस्रो चरणमा १ हजार ७ सय १ जनाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए ।पहिलो चरणमा स्वास्थ्यकर्मीलाई प्राथमिकता परेको व्यक्तिलाई लगाएको र दोस्रो चरणमा जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाएको खोप अधिकृत रेग्मीले बताए ।