☰ open Loading... 21 December 2024|  

फेश्की फछ्र्यौटका लागि नक्कली बिल र हस्ताक्षर
  | १५ फाल्गुन २०७७, शनिबार १९:४९

सुर्खेत-सुर्खेतको चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चार वटा टोललाई नमूना गाउँ निर्माणका लागि छ करोड २९ लाखको संझौता गरेको थियो । गाउँपालिकाले संझौतामा एक करोड २९ लाख र नमुना समाजले पाँच करोड रुपैयाँ खर्चिने उल्लेख छ । संझौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेश्की लगेको छ । आर्थिक वर्ष २०७६र०७७ को अन्त्यतिर नमुना समाजले एक करोड बराबरको बिल भपाई गाउँपालिकामा पेश ग¥यो ।

‘संस्थाले उपलब्ध गराएका कागजातमा शंका लागेपछि सम्वन्धीत वडामा बुझेका थियौं,’ प्रमुख प्रशासकीय अधिकृत हरि देवकोटाले भने, ‘कामै नगरेर नक्कली विल र कागजात पेश गरेको पाइयो ।गाउँपालिकासँग भएको संझौतामा तीन वर्षको अवधिमा वडा नम्वर–१ को सुब्बा टोल, वडा नम्वर–२ को काँडापोखरी, वडा नम्वर–३ को काँडाघुवानी र वडा नम्वर–६ को पुडे टोललाई नमुना गाउँ बनाउने उल्लेख छ । यस अन्र्तगत टोलहरुमा सरसफाई, नमुना बस्ती निर्माण, होम–स्टेलगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

संझौता अनुसार काम गर्नुको सट्टा नमुना समाजले पेश्की फछ्र्यौटका लागि स्थानीयहरुको किर्ते हस्ताक्षर र बिलहरु बनाएर गाउँपालिकामा बुझाएको छ । स्थानीयका अनुसार चार मध्ये दुई वटा वडाका दुई टोलमा एक रुपैयाँ पनि नमुना समाजले खर्च गरेको छैन् ।