☰ open Loading... 24 February 2025|  

काम गर्न नसकेको भन्दै वडा सदस्यको राजीनामा
  | २१ फाल्गुन २०७७, शुक्रबार १८:५२

रुकुम- रुकुम पश्चिमको एक गाउँपालिकाका एक वडा सदस्यले राजीनामा दिएकी छिन्। त्रिवेणी गाउँपालिका–९ कि महिला सदस्य भीमा खड्काले पदबाट राजीनामा दिएकी हुन्।जनताप्रति उत्तरदायी नहुने वडा कार्यालय, कार्यपालिका तथा गाउँ सभामा नबस्ने भन्दै राजीनामा दिएकी छिन्। तत्कालिन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित खड्काले वडादेखि गाउँपालिकाले गरेका काम कारवाहीमा असन्तुष्टि जनाएकी छिन्।पटक–पटक कामकारवाही जनभावना अनुरुपका बनाउन आग्रह गर्दा पनि नभएपछि राजीनामा दिएको उनले बताइन्।