☰ open Loading... 21 May 2024|  

पछिल्लो २४घण्टा यता थप १२० जनामा कोरोना संक्रमण
  | २१ फाल्गुन २०७७, शुक्रबार १९:१०

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ६ हजार १४३ जनाको नमुना परीक्षण गर्दा ५१ जना महिला र ६९ जना पुरुष गरी कुल १२० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ७६६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार ९६६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।