☰ open Loading... 16 March 2025|  

बहु-विवाहमुद्दाको फरार अभियुक्त पक्राउ
  | २३ फाल्गुन २०७७, आईतवार २०:४२

दैलेख – दैलेख प्रहरीले बहु- विवाह मुद्दाको फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नारायण नगरपालिका वडा नं १ बस्ने  ४८बर्षीय यादव बहादुर गुरुङ् रहेको प्रहरीले जानकारी दिएको छ । बहु -विवाह मुद्दाको फरार यादबलाई जिल्ला अदालत दैलेख बाट मिति २०६६।०३।०२ गते बहु विवाह मुद्धामा फैसला भई १ वर्ष कैद सजाय तोकिएको थियो ।फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दैलेखको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार पक्राउ गरि दैलेख जिल्ला अदालतमा कैद भुक्तानको लागि उपस्थित गराई कारागार जेलचलान गरेको छ ।