☰ open Loading... 15 March 2025|  

पेस्तोलसहित सुर्खेतमा एकजना पक्राउ
  | २४ फाल्गुन २०७७, सोमबार ११:३३

सुर्खेत- पेस्तोलसहित सुर्खेतमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक युवालाई पक्राउ गरेको छ।जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो।

इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्‍याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो।