☰ open Loading... 14 March 2025|  

थप दुई जनाको शव भेटियो ,एक जना बेपत्ता
  | २५ फाल्गुन २०७७, मंगलवार २०:१३

यामराज बिष्ट
दैलेख । दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालको शव भेटिएको छ।मंगलबार साढे११ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको जिल्ला प्रहरीले कार्यालय दैलेखले जानकारी दिएको छ।दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव सोमबार साझफेला परेको स्थान नजिकै उनीहरुको शव भेटिएको दैलेख प्रहरी प्रमुख (डिएसपी) प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।
घरायसी झगडा र श्रीमानले दिनहुँ मदिरा सेवन गरेर कुटपिटबाट आजित भएर उनले सन्तानसहित कर्णाली नदिमा हाम फालेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी वसन्त कुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको छ।घटनाको विस्तृत अध्ययन गर्न आएको डिआईजी पन्तको भनाइ छ ।५ वर्षीया छोरी रजनी बडुवालको शव अझै भेटिएको छैन ।