| २८ फाल्गुन २०७७, शुक्रबार ०७:५५
दैलेख – पौडी खेल्ने क्रममा डुबेका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ। अछामको चौरपाटी गाउँपालिका–५ लुङग्रा घर भई हाल नारायण नगरपालिका बस्दै आएका अन्दाजी २१ वर्षीय वीरेन्द्र भुसाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। मध्यपहाडी लोगमार्गअन्तगर्गत दैलेख खण्डमा काम गर्दै आएका भुसाल बिहीबार नारायण नगरपालिका–११ मा पर्ने लोहोरे खोलाको लाटामरे दहमा डुबेका थिए।भुसाललाई उद्धार गरी उपचारका निम्ति दैलेख अस्पताल पठाइएको र उनको उपचार क्रममा अस्पतालमा मृत्यु भएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।