☰ open Loading... 6 November 2025|  

मुगुमा समयमै उद्धार नहुँदा सुत्केरीको ज्यान गयो
  | २८ फाल्गुन २०७७, शुक्रबार २०:२६

 

मुगु – मुगुको सोरु गाउँपालिकामा एकजना सुत्केरीको समयमै उपचार नपाउँदा ज्यान गएको छ। सोरु गाउँपालिका–५ नेर गाउँकी २३ वर्षीया धनलक्ष्मी शाहीको बिहीबार मृत्यु भएको हो।धनलक्ष्मीले बुधबार स्थानीय नेर स्वास्थ्यचौकीमा बच्चा जन्माएकी छिन्। साल ननिस्किँदा बेहोस भएकी शाहीको अत्यधिक रक्तश्रावबाट मृत्यु भएको हो। सुत्केरीको उद्धारकालागि जिल्ला प्रशासन र जिल्ला अस्पताललाई तत्कालै जानकारी गराइएको भएपनि हेलिकप्टर नआउँदा नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताए।