☰ open Loading... 20 November 2024|  

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका खनाल
  | ४ चैत्र २०७७, बुधबार १८:३८

सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखका  मातृका खनाल नियुक्त भएका छन् । खनाल लामो समयदेखि अधिवक्ताकारूपमा काम गर्दै आएका छन् । खनाललाई केही दिनमा प्रदेश प्रमुखले सपथ खुवाउने बताइएको छ ।यसअघि मुख्य न्यायाधिवक्तामा विद्याभुषण मानन्धर कार्यरत थिए । मानन्धरले केही समयअघिमात्र राजीनामा दिएका हुन् ।

यस्तै, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जनसम्पर्क विज्ञको रूपमा कालीकोटका विष्णुबहादुर विक ‘विकल्प’ नियुक्त गरिएको छ ।फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले नेपाल प्रेसलाई बताए ।