☰ open Loading... 9 October 2024|  

दैलेखमा एक सुत्केरी महिलाको मृत्यु
  | ५ चैत्र २०७७, बिहीबार १५:५१

दैलेख-दैलेखमा एक जना सुत्केरी महिलाको संस्कास्पद मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको पश्चिममा पर्ने ठाटिगाँउपालिका ६कि ३२वर्षिय हस्तना थापा रोकाय रहेको दैलेख प्रहरीले जानकारी दिएको छ।
ठाटीकाँध गाउँपालिका – ६ घर भएकी हस्तना थापाको सुत्केरी भएको १५ दिनपछि मृत्यु भएको हो । बुधवार स्थानीय ठाटिकाँध बजारबाट औषधि लियर घर फर्कीएकी बच्चा र श्रीमान् सेरबहादुर थापा सँगै सुतेका र बिहान हेर्दा उनको मृत्यु भएको देखिएको दैलेख प्रहरीले बताएको छ ।प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले उनको मृत्यु के कारणले भएको भन्ने कुरा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।मृतक सुत्केरी हस्तनाका तीन सन्तान छन्।