| ५ चैत्र २०७७, बिहीबार ०९:०६
रुकुम पश्चिम — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित रुम गाउँनजिकै बुधबार डोजर पल्टँदा खसेको ढुंगाले च्यापिएर एक जनाको मृत्यु भएको छ । सुलिगाडदेखि फोक्सुन्डो जाने सडक निर्माणका क्रममा बुधबार बिहान पौने ६ बजे डोजर पल्टिएको हो । मृत्यु हुनेमा नलगाड नगरपालिका–११, जाजरकोटका १७ वर्षीय हेमराज सिंह रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार डोजर सडकबाट खस्दा लडेका ढुंगाले लागेर सिंहको मृत्यु भएको हो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–११ का १५ वर्षीय एकराज बुढा घाइते भएका प्रहरीले जानकारी जानकारी छ ।घटनापछि डोजर अपरेटर अनमोल सिंह भने फरार छन् ।