☰ open Loading... 25 November 2024|  

लागुऔषध मुक्त जिल्ला बनाउने अभियान
  | ११ चैत्र २०७७, बुधबार १०:२४

जुम्ला -प्रहरी र प्रशासनले जुम्लालाई लागूऔषध मुक्त जिल्ला बनाउने अभियानमा थालेको छ। अभियानअन्तगर्त जुम्लाका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको कानुनी ज्ञान दिन शुरू गरिएको छ।जिल्ला प्रशासन कार्यालयको आयोजनामा पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको सचेतना प्रदान गरेको थियो। लगत्तै, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई दोस्रोपटक सचेतना दिएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माध्यमिक विद्यालय स्तरमा सचेतना फैलाउने बताएका छन्‌। उनले भने, सबै मिलेर लागूऔषध दुर्व्यसनका क्रियाकलाप पुर्ण रुपमा बन्देज गर्न आवश्यक छ, लागूऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानुनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ, सुधार गृहबाट सुध्रिएर आएको खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ।ु