☰ open Loading... 25 February 2025|  

मध्यपश्चिमा विश्वविद्यालयमा अख्तियारको छापा
  | १३ चैत्र २०७७, शुक्रबार ०७:५५

सुर्खेत, । मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियारले छापा मारेको छ । नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।
सोही उजुरीको आधारमा आयोगको टोली बिहीवार अपरान्ह चार बजे विश्वविद्यालयको प्रशासनमा पसेको थियो।कानुन संकायमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरु एक साताअघिदेखि आन्दोलनमा उत्रिएका छन्।