☰ open Loading... 6 November 2025|  

कर्णाली नदीमा आत्महत्या प्रकरणः मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
  | १२ चैत्र २०७७, बिहीबार १२:४३

चलाईएको हो। मानसिंह विरुद्व आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेर दैलेख प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ। ३५ वर्षीया सुकी तीन छोरी (१४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी) र एक छोरा (१० वर्षीय ललित)लाई लिएर कर्णालीमा हामफालेर आत्महत्या गरेकी थिइन्। त्यस्तै सुकीको पेटमा चार महिनाको बच्चा समेत रहेको पोष्टमार्टमबाट देखिएको थियो।

गरिबी, त्यसमा पनि पतीले मदिरा सेवन गरी कुटपिट गर्ने गरेका कारण आत्महत्या गर्न बाध्य भएर नदीमा हामफालेको प्रहरीले बताएको छ। पतीले मदिरा सेवन गरेर बारम्बार कुटपिट गरेकै कारण बाध्य भएर आत्महत्या गरेको देखिएपछि मानसिंह विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैेलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए। घरदेखी २ घन्टा हिडेर कर्णाली नदीमा आत्महत्या गर्न पुगेकी थिईन्। उनीहरूको शव पञ्चदेवल नगरपालिका–४ स्थित बेलखेत नजिक फेला परेको थियो।