| १४ चैत्र २०७७, शनिबार ०६:२६
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।
शुक्रबार बेलुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेको आन्दोलित विद्यार्थी अस्मिता बडुवालले बताइन् ।त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । विद्यार्थीको आन्दोलनप्रति समर्थन जनाउन धर्नास्थल पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको विद्यार्थी नेता रोशन बस्नेतले बताए ।