☰ open Loading... 25 February 2025|  

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
  | १५ चैत्र २०७७, आईतवार १०:२५

सल्यान – माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ ।भने एक जना गम्भीर घाइते भएका छन्।माटो खन्ने क्रममा माथिबाट आएको ढिस्को लागेर सल्यानको सिद्धकुमाख गाउँपालिका–२ साल्घारी बस्ने ४५ वर्षीया एलि चलाउनेको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार डिस्कोले पुरिएर गम्भीर घाइते चलाउनेको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। शनिबार दिउसो पाँच जना महिला घर पोत्ने माटो खन्ने क्रममा ३२ वर्षीया पौरी बोहरा र एलि चलाउने गम्भीर घाइते भएका थिए।