☰ open Loading... 24 February 2025|  

तीन दिनदेखि यातायात सेवा ठप्प
  | १८ चैत्र २०७७, बुधबार १८:२८

डोल्पा- तीन दिनदेखि डोल्पामा यातायात सेवा ठप्प छ। जिप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा यातायात सेवा ठप्प भएको हो।जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० रुपैयाँबाट घटाएर ३०० रुपैयाँ तोकेको विरोधमा यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए। उनले भने‚ ुदुई स्थानीय तहले ३०० रुपैयाँ कर उठाउँदा मारमा परेर पनि हामीले ३५० रुपैयाँमै यात्रु बोक्यौं। घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो।ु उनले पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द गर्ने बताए।

जिप व्यवसायीहरुले क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने माग गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। ुतिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियम विपरीत राखेका ढाट हटाइयो,ु उनले भने‚ उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि ५० रुपैयाँ घटाइएको हो।