| २१ चैत्र २०७७, शनिबार ०६:२४
सुर्खेतमा । सुर्खेतमा पछिल्लो २४ घण्टामा १५ जनाको पीसीआर परीक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार संक्रमित सबै वीरेन्द्रनगरमै बसोबास गर्दै आएका छन् । उनीहरुमध्ये धेरैजसो दैलेख र काठमाडौंबाट सुर्खेत फर्किएका हुन् । केही संक्रमित भने वीरेन्द्रनगरमै कार्यरत सुरक्षाकर्मी हुन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई होम आइसोलेसनमै बस्न आग्रह गरिएको छ ।