☰ open Loading... 5 November 2025|  

पत्रकार यामप्रसाद शर्मालाई डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार
  | २ बैशाख २०७८, बिहीबार ०८:२३

दैलेख- पत्रकार याम प्रसाद शर्मा डेकेन्द्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। दैलेखको धमाका राष्ट्रिय दैनिकले स्थापना गरेको सो पुरस्कार शर्मालाई प्रदान गरिएको हो।धमाकाले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर शर्मालाई नगद ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरेको पत्रिकाका सम्पादक विष्णुप्रसाद शर्माले जानकारी दिए। ​स्वर्गीय पत्रकार थापा तत्कालीन विद्रोह पक्षबाट मारिएका थिए । द्वन्द्वको समयमा दैलेख बजारमा खानेपानीको विवाद मिलाउने भन्दै २०६१ साउन २७ गते पत्रकार थापाको हत्या भएको थियो ।