☰ open Loading... 25 February 2025|  

कर्मचारी निधनको शोकमा गुल्मीको प्रशासन कार्यालय बन्द
  | २ बैशाख २०७८, बिहीबार १४:००

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मी आज एक दिन पूर्णरुपमा बन्द हुने भएको छ ।४ जना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको शोकमा आज कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । साथै अत्यावश्यकबाहेकका सेवा भने ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

 

गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा लु१ज १६५५ नम्बरको प्युठानको स्वर्गद्वारी नगरपालिका(३ रुमालेमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका(३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका(७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट(७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका(७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको थियो ।जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।