☰ open Loading... 29 September 2025|  

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द
  | ७ बैशाख २०७८, मंगलवार ०८:४२

सल्यान – विद्यार्थीलाई कोरोना भाइरस संक्रमण देखिएपछि सल्यानाको शारदा नगरपालिका(८ मार्केस्थित रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ।विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले जानकारी दिए। धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पिसिआर परीक्षण गराउँदा कक्षा १० की एक छात्रालाई कोरोना संक्रमण देखिएको प्रधानाध्यापक विकले बताए। संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ।