कालिकोट- पत्रकार विश्वनाथ सिम्खाडालाई माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला संयोजक मनसिंह शाहीले ज्यान मार्ने धम्की दिएका छन् । ुकखरा लेख्ने सेतो बोर्डमा पार्टीको झण्डाु भन्ने शीर्षकमा लेखिएको समाचार प्रकाशनलाई लिएर संयोजक शाहीले सिम्खाडालाई मिडिया तोडफोडसहित हातखुट्टा भाँच्ने धम्की दिएका हुन्।आफ्नो संगठनबारे समाचार किन लेखेको भन्दै संयोजक शाहीले पत्रकार सिम्खाडालाई ज्यान मार्ने धम्की दिए। जिल्लाभरका पत्रकारले यस घटनाप्रति निन्दा गरेका छन्।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा कालिकोटले छुट्टाछुट्टै विज्ञप्ति निकालेर ुदादागिरी शैलीुमा पत्रकारमाथि धम्की दिने मनसिहं शाहीलगायत पात्रलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।
जिल्ला शाखा अध्यक्ष भरतराज विष्ट र कर्णाली प्रदेश महासचिव खगेन्द्रप्रसाद भट्टराई हस्ताक्षरित छुट्टाछुट्टै विज्ञप्तिमा समाचार चित्त नबुझेमा कानुनी प्रक्रियामा जाने ठाउँ हुँदा हुँदै माओवादी शैली मात्र होइन युद्धका धाक दिँदै ुपत्रकारलाई मार्नेु मिडिया हाउस तोडफोड गर्ने र हात खुट्टा भाँच्ने जस्ता अराजक धम्कीले नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
| ९ बैशाख २०७८, बिहीबार ०८:३१