☰ open Loading... 17 July 2025|  

कोरोना संक्रमितलाई प्रवेशमा रोक
  | १७ बैशाख २०७८, शुक्रबार ०८:४०

 

डोल्पा- हिमाली जिल्ला डोल्पा प्रवेश गर्न एन्टिजेन वा पिसिआर नेगेटिभ रिपोर्ट चाहिने भएको छ। देशव्यापी रुपमा बढ्दै गएको कोरोना भाइरस संक्रमणबाट डोल्पालाई सुरक्षित बनाउन जिल्ला प्रवेशका लागि पिसिआर वा एन्टिजिन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको हो।

हवाई र स्थलमार्गबाट भित्रने सर्वसाधरणबाट कोरोना भित्रनसक्ने भन्दै बैशाख २० देखि लागु हुने गरी उक्त व्यवस्था अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए। पिसिआर वा एन्टिजेन नेगेटिभ नभएका कुनै पनि व्यक्ति डोल्पा भित्रन नपाउने उनले बताए।