☰ open Loading... 25 November 2024|  

अबदेखि जिल्ला प्रशासनले सवारी पास नदिने
  | १७ बैशाख २०७८, शुक्रबार ०९:१२

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा गरिएका जिल्लामा जानका लागि सवारी पास नदिने भएको छ । यसअघि अत्यावश्यकीय कामका लागि वाहिर जिल्ला जान सवारी पास दिने गरिएकोमा अबदेखि पास नदिने भएको हो । निषेधाज्ञा जारी गरिएका जिल्लाका लागि सवारी पास नदिन गृह मन्त्रालयले निर्देशन गरेकाले सोही बमोजिम पास नदिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिउ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति मार्फत पनि यस सम्बन्धी जानकारी गराएको छ।