☰ open Loading... 12 March 2025|  

दैलेखमा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु
  | १७ बैशाख २०७८, शुक्रबार १६:३६

दैलेख : दैलेखमा कोरोना भाइरस संक्रमणबाट एक जना गर्भवती महिलाको मृत्यु भएको छ।नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।

शुक्रबार बिहान साढे ११ बजे अस्पताल भर्ना भएकी ती महिलाको एक घण्टापछि मृत्यु भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिर प्रसाद रेग्मीले जानकारी दिए ।