☰ open Loading... 2 May 2024|  

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै
  | १८ बैशाख २०७८, शनिबार ११:११

कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । यसै क्रममा प्यूठानमा पनि आज देखि लागू हुनेगरि निषेधाज्ञा गरिएको छ ।

हिजो बसेको डिसिसिएमसिको बैठकले जिल्लामा एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमप्रसाद भुषालले जानकारी दिनुभयो । त्यस्तै गुल्मीमा पनि समुदायस्तरमा संक्रमण फैलन थालेपछि आजदेखि लागु हुने गरि एक सातका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको छ ।

उता डडेल्धुरामा पनि आज देखि निषेधाज्ञा गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । त्यस्तै आज देखि लागु हुने गरि जाजरकोट, रुकुम पश्चिम, सल्यान र डडेल्धुरा तथा झापामा पनि निषेधाज्ञा गरिएको छ । यस अघि बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, सुनसरी, पाल्पा र रुपन्देहीमा लगाईएको निषेधाज्ञा जारी नै छ । यसैगरी, बागलुङ, कालिकोट, बर्दिया र दार्चुलामा आंशिक निषेधाज्ञा लागू छ ।