☰ open Loading... 3 May 2024|  

जान्नुहोस यि पाँच लक्षण देखिएमा, तपाईलाई पनि हुनसक्छ Covid/कोरोणा संक्रमण
  | १८ बैशाख २०७८, शनिबार ११:२१

नया कोरोणा भाईरसको लक्षण बैशाख १७/ आफूमा देखिएको सङ्क्रमणको लक्षण छिटो पत्ता लगाउन सकेमा आफैँलाई गम्भीर सङ्क्रमणबाट र अरूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ । खोकी लाग्नु कोरोना भाइरसको मुख्य लक्षण हो जुन प्रायः बिरामीहरूमा देखिएको छ । ५९ देखि ८२ प्रतिशत बिरामीहरूले सङ्क्रमणको सुरुका दिनहरूमा सुक्खा खोकीको अनुभव गरेको बताइएको छ । त्यस्तै, विश्व स्वास्थ्य सङ्गठन र चीनले संयुक्त गरेको अध्ययनअनुसार ५५ सय सङ्क्रमितमध्ये ६८ प्रतिशतमा सुक्खा खोकीको समस्या देखिएको थियो । सुक्खा खोकी हुँदा कफ वा खकार आउने हुँदैन । खोक्दा कफ आएमा यो सुक्खा खोकी होइन र यो सामान्य चिसो वा फ्लूको लक्षण हुनसक्छ । सुक्खा खोकी एलर्जीको कारणले गर्दा पनि हुनसक्ने हुन्छ । तर, लामो समयसम्म लगातार सुक्खा खोकी लागिरहेमा कोरोना भाइरसबाट सङ्क्रमण भएको लक्षण हुनसक्छ । सुक्खा खोकी लाग्दा घाँटीमा खसखस भइरहेको जस्तो महसुस हुनसक्छ जसकारण आवाज परिवर्तन हुनसक्छ । ज्वरो र खोकी सँगसँगै सास फेर्न गाह्रो भएमा यो कोभिडको लक्षण हुनसक्छ । कोरोना भाइरसका ४० प्रतिशत बिरामीहरूले सुरुको दिनमा सास फेर्न गाह्रो भएको रिपोर्ट गरेका छन् । घाँटीको दुखाइ पनि कोभिडको लक्षण हुनसक्छ । कोभिड भएकामा ज्वरो, खोकी, थकान र घाँटीको दुखाइ हुनसक्छ जुन सामान्य चिसो वा फ्लू भएका मानिसमा देखिँदैन । नाक बन्द हुने समस्या सामान्य चिसो वा फ्लू भएका मानिसमा प्राय देखिन्छ । तर, योसँगै गन्ध हराएमा, गन्धको क्षमतामा कमी आएमा वा गन्धमा परिवर्तन भएमा कोरोना भाइरसबाट सङ्क्रमण भएको लक्षण हुनसक्छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका लगभग ४१ प्रतिशतमा गन्धमा परिवर्तन भएको पाइएको थियो । सुक्खा खोकीको लक्षण नदेखिए पनि अधिकांश गन्धको क्षति कोरोना भाइरससँग सम्बन्धित हुन सक्छ ।
Seen by Govinda at 1:28 PM