☰ open Loading... 6 November 2025|  

सुर्खेतमा थप सात दिन निषेधाज्ञा
  | १८ बैशाख २०७८, शनिबार १८:५५

 

सुर्खेत । सुर्खेतमा कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनकाअनुसार अनुगमनका कडाइ गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारवाही गरिने छ ।

कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था देखिएकाले आम सुर्खेतबासी नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई प्रमुख जिल्लाअधिकारी रिजालले आग्रह गरेका छन् ।