☰ open Loading... 3 May 2024|  

पार्किङ गरिएको कारमा तीन बालकको शव फेला
  | १९ बैशाख २०७८, आईतवार ०७:५८

दाङ – पार्किङ गरिएको कारमा तीन बालक मृत फेला परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन बालक मृत फेला परेका हुन् ।

उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।बालक मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।