☰ open Loading... 5 February 2025|  

कोरोना कारण सल्यानमा थप एकजनाको मृत्यु
  | २१ बैशाख २०७८, मंगलवार ११:२९

सल्यान – कोरोना संक्रमणबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। बागचौर नगरपालिका–६ का ७० वर्षीय पुरुषको मंगलबार बिहान ६ः५८ बजे मृत्यु भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत भिमकान्त जैसीले जानकारी दिए।

ती पुरुष सोमबार साँझ जिल्ला अस्पताल सल्यानमा भर्ना भएका थिए। ती व्यक्तिलाई अक्सिजनको मात्रा कम भएकाले थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरे पनि अक्सिजनसहितको एम्बुलेन्स अभाव र परिवारले लान नमाने पछि अस्पतालमै उपचार भइरहेको थियो। अक्सिजन दिएर उपचार गरे पनि उनको मृत्यु भएको डा। जैसीको भनाइ छ।