| २३ बैशाख २०७८, बिहीबार १७:४५
काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टा यता ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । देशकाविभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार २४ घण्टा यता ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।