☰ open Loading... 26 April 2024|  

‘मेरो माया चिन्याे’ लोकदोहोरी गीत बजारमा (भिडियो सहित)
  | २३ बैशाख २०७८, बिहीबार १८:४९

 

लोकेन्द्र जिसि (कुमार) दैलेख— गायक बैकुण्ठ महतले नयाँ सांगितिक कोसेली लिएर स्रोता माझ आएका छन् । कलाकार बैकुण्ठ महत र सुमिना लो को स्वरमा रहेको’ मेरो माया चिन्याे’ लोकदोहोरी गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ।  सुवास रेग्मीको प्रस्तुतिमा बजारमा आएको लोकदोहोरी गीत सर्जक रेग्मीको वास्तविक जिवनमा आधारित गित हो ।
गीतमा लोकप्रिय गायक तथा सर्जक बैकुण्ठ महतको शब्द संगीत रहेको गीतलाई काजिस श्रेष्ठले निर्देशन गरेका छन्।उक्त गितको भिडियोमा चर्चित कलाकारहरु दुर्गेश थापा, अनु शाह लगायतको अभिनय रहेको छ ।एक दशकदेखि नेपाली सांगितिक क्षेत्रमा सक्रिय महतले थुप्रै गीतमा आवाज दिईसकेका छन् ।